काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहॊस