काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।
बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको हो ।
देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको बताइएको छ ।
तपाईंको प्रतिकृया




