चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह ,पुजा र्शमा, पुष्प खड्का, नायिका वर्षा राउतलाई हेर्न सकिन्छ ।

गीतमा  डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।

गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।

चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।  यो चलचित्र चैत्र २७ गतेबाट रिलिज  हुँदैछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस