काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
ट्याक्टरको ठक्करबाट नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो ।
ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




