काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली भोलिदेखि हट्ने भएको छ ।
बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो ।
सो बैठकले गत साउन २१ गतेदेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने एक बुँदे सहमति गरेको हो ।
जोर-बिजोर प्रणाली हटाउने निर्णयसँगै सर्वसाधारण यात्रुहरुले सहज यात्रा गर्न पाउने विश्वास लिइएको छ ।
तपाईंको प्रतिकृया



