आज थप ८ सय २१ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुग्यो

काठमाडौं । आज सोमबार ८ सय २१ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ३६ हजार ५७३ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७ सय १६ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री