काठमाडौं । आज सोमबार ८ सय २१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ३६ हजार ५७३ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७ सय १६ जना पुगेको छ।
तपाईंको प्रतिकृया



