काठमाडाैं । सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध ऐक्यबद्धताका लागि भन्दै नेपाली कांग्रेसले आज देशव्यापीरुपमा प्रदर्शन गरिरहेको छ । राजधानी काठमाडौंसहित देशका प्रमुख शहरहरूमा भइरहेका प्रदर्शन भइरहेका छन् । ठाउँठाउँमा विरोध सभालाई कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गररिरहेका छन् । 
गृहजिल्लामा पुल उद्घाटनका क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएका कारण कांग्रेसले मंसिर २९ गतेका लागि प्रदर्शन गर्ने तयारी गरेको थियो । साेही कार्यक्रमका अनुसार नै देशभर विराेध तथा प्रदर्शन भएकाे हाे । 
तपाईंको प्रतिकृया



