लम्बिनी विकास बैंकद्धारा सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर   २३  मा  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री