पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एकजना  गरि तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका-१४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा- १५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको हो ।

यस्तै  गरि पोखरा महानगरपालिका-१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री