काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । तर बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् ।
कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै ओली सहभागी भएनन् ।
शनिबारको बसेको सचिवालयको बैठकले सबै प्रस्तावमाथि छलफल गरेर पार्टी देखिएको संकटको निकास खोज्ने गर्ने निर्णय गरेको थियो ।
निकास खोज्ने नाममा आफूलाई हटाउन खोजिएको भन्दै उनले महाधिवेशन अगाडि अध्यक्ष र चुनाव अगाडि प्रधानमन्त्री पद नछाड्ने बताएका थिए ।
तपाईंको प्रतिकृया




