आज आईतबार थप १ हजार ९६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुग्यो

काठमाडौं । आज आईतबार  थप १ हजार ९६  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१   पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख २५ हजार ८०५ जना उपचारपछि निको भएका छन् ।  यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १५ सय ९४ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री