रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका-१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ४बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार ती महिलामा  मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री