ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको मृत्यु भएको छ भने १६ हजार १८ जना नयाँ संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ४७ लाख ४८ हजार ३ सय २७ जना जना पुगेको छ भने १ लाख  ४२ हजार १ सय ३८ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप