तस्बिर : रासस

समुदाय तिर लम्किँदै कोरोना, छैन सावधानी

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा समुदाय स्तरमा फैलियोको कि भन्ने चासो र चिन्ता पनि बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि नगरेपनि एउटै परिवार र गाउँका धेरै जनामा कोरोना देखिनुले संक्रमण समुदायमा पुगेको आशंका गरिएको हो ।

बितेका केही साता यता सबैको मनमा एउटै प्रश्न थियो, ‘कोरोना समुदाय स्तरमा पुग्यो कि पुगेन ?’ अधिकांश जनस्वास्थ विज्ञहरु कोरोना भाइरस समुदाय स्तरमा पुगेकोमा विश्वास गर्दछन्, तर नेपाल सरकार भने समुदाय स्तरमा कोरोना पुगी नसकेको अडान लिँदै आइरहेको छ ।

विश्व स्वास्थ संगठनले संक्रमणको स्रोत पत्ता नलाग्नु वा मान्यता प्राप्त प्रयोगशालाहरुमा अकस्मात उच्च संख्यामा कोरोना भाइरस प्रमाणित हुँदै गएको अवस्थामा समुदाय स्तरको संक्रमण भनेर व्याख्या गरेको छ । तर कुनै निश्चित संख्या भने तोकिएको छैन र यसले गर्दा व्याख्या पनि आ–आफ्नै तरिकाले गर्ने गरेको पाहिन्छ । हाल काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरु मध्ये धेरैलाई आफू को र कहाँबाट संक्रमित भएको भन्ने यकिन नभएको देखिन्छ।

उपत्यकामा फेला परेका अधिकांश संक्रमितहरु आयातित भएको तथ्यांकले देखाएको पनि यहीँ बसोबास गरिरहेकाहरुमा पनि संक्रमण बढ्दै गएको देखिन्छ । नेपालको केही शहरहरु विशेषतः भारतसँग सीमा जोडिएका वीरगन्ज, विराटनगर, नेपालगन्ज, कपिलवस्तु लगायतमा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको मात्र होइन स्रोत समेत थाहा नहुन गरेको देखिन्छ ।

अर्थात् विश्व स्वास्थ संगठनको परिभाषा अनुसार त्यहाँ कोरोना समुदाय स्तरतर्फ उन्मुख भएको भन्ने बुझिन्छ । त्यहाँ सर्वसाधारण मात्र होइन, स्वयं स्वस्थाकर्मीहरु पनि संक्रमित हुने तर स्रोत थाहा नपाउने गरेका देखिन्छ । वृद्ध–वृद्धाहरु घर बाहिर कम निकल्ने हुँदा संक्रमित हुने सम्भावना कम हुनुपर्ने हुन्छ तर, कोरोना कुनै मध्यमबाट घर घर पुग्नु भनेको समुदायमा स्तर तिर गैरहेको भनेर बुझ्न सकिन्छ ।

उपत्यका ‘हटस्पट’ बन्‍ने जोखिम
धेरै सङ्क्रमित देखिन थालेका जिल्लामा सङ्घीय राजधानी काठमाडौं पनि रहेको छ । कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले विभिन्न गतिविधि गर्न-गराउन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

यसैबीच काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ । अस्पतालमा आइसोलेसन वार्ड पर्याप्त नहुँदा संक्रमित व्यक्ति घरघरमा बस्न बाध्य भएको उल्लेख गर्दै काठमाडौं डीसीसीएमसीले राजधानीका थप ९ अस्पताल र एक आवास केन्द्रको संरचनालाई ‘कोभिड-१९’ डेडिकेटेड उपचार केन्द्र बनाउन पनि सिफारिस गरेको हो ।

रणनीति परिवर्तन
जनस्वास्थ्यविद्‌हरू ‘ट्रान्समिसन चेन ब्रेक’ गर्न अर्थात्‌ सङ्क्रमण सर्ने बाटो रोक्नका लागि निषेधाज्ञा वा लकडाउन राम्रो विकल्प भए पनि हालसम्म अपनाइँदै आएको रणनीतिमा केही परिवर्तन ल्याउनुपर्ने सुझाउँछन् । पूर्वस्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेती भन्छन्, ‘केही हदसम्म आर्थिक गतिविधिलाई पनि निरन्तरता दिँदै हामीले ठाउँविशेष रणनीति अख्तियार गर्नुपर्ने हुन्छ ।’

‘जहाँ दुई सय वा सोभन्दा बढी सक्रिय सङ्क्रमित छन् त्यहाँ मानिसहरूको गतिविधिलाई निषेध गरौँ र वरपरका जिल्ला चनाखो होऊँ भन्ने कुरा हामीले सुरुदेखि भन्दै आएको हो,’ भन्नछन्- जनस्वास्थ्यविद्‌ डा. सुरेश तिवारी । लकडाउन वा निषेधाज्ञाका बेला र त्यसपछि गरिने काम महत्त्वपूर्ण भएको अर्का जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्तको तर्क छ । विगतमा लकडाउनपछिका गतिविधिलाई व्यवस्थित गर्ने सन्दर्भमा चुकेको उनको ठम्याइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस