काठमाडौं उपत्यकामा थप २०५ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा  मंगलबार  २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा देखिएका छन् ।

नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २ सय  ५७ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय १४  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ५ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री