काठमाडौं । मंगलबार पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
आज काठमाडौं उपत्यकामा २०५ जना संक्रमित देखापरेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित भेटिएका छन् ।
प्रतिकृया दिनुहॊस