काठमाडौं । कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका-७ घर भएका ९८ वर्षीय वृद्ध छन् ।उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका पिसाबमा समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए । उनको गएराति १२ बजे मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




