नबिल बैंकद्वारा सबै ऋणी ग्राहकहरूलाई व्याजमा छुट

काठमाडौ। नबिल बैंक लिमिटेडले ऋणीलाई शुन्य दशमलव २५ प्रतिशत व्याज छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत व्याज छुट दिएको हो ।

ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई शुन्य दसमलव २५ प्रतिशत ब्याज दर घटाएको हो ।  यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन् । यो प्रयासले ऋणीलाई राहत हुने बैंकले जनाएको छ।

‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई लाग्ने ब्याज दरमा शुन्य दसमलव २५ प्रतिशत छुट दिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन् ।

कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा नपाउने पनि बैंकले जनाएको छ  ।

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम छ करोड हस्तान्तरण गरेको बैंकले  दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजना समेत बनाएको छ ।

यस नबिल बैंकको ११९ शाखा,  १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री