जम्मू कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ राजनीतिक नक्सा जारी

काठमाडौं । पाकिस्तानले विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जानकारी दिनुभएको हो । मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेका उहाँले बताउनुभएकाे छ ।

नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गर्नुभएको छ । गएको वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको उहाँको आरोप छ ।

त्यो नक्सा आफूहरुलाई अमान्य भएकाले पनि नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाइ छ । उहाँले अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्णय भएको पनि बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

भारतले भने पाकिस्तानको नयाँ नक्सा खारेज गर्दै यसको कानुनी वैधता र अन्तराष्ट्रिय स्तरमा कुनै विश्वसनीयता नभएको दाबी गरेको छ ।

उज्यालो अनलाइबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस