काठमाडौं । त्रिभुवन विश्वविद्यालय( त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झण्डै १६ करोड रुपैंयाँ हराएको छ ।
अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ बैंक मौज्दात देखिएको थियो ।
सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार मौज्दात छ । बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैंयाँ घटी देखिएको छ ।
घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख छ । अन्नपूर्ण पोष्टबाट
प्रतिकृया दिनुहॊस