काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इच्छाकामना-६ चारकिलोमा बिहान ५ बजेतिर विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । पहिरो खस्ने क्रम पनि चलिरहेकाले पन्छाउन समय लाग्ने भएको छ । चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ ।
तपाईंको प्रतिकृया




