बाल विवाह गर्न लागेका बेहुलासहित चार पक्राउ

स्याङजा । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात् बेहुला तिवारीसहित बुबा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत ‘बाल विवाह’ मुद्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ ।

प्रतिकृया दिनुहॊस