काठमाडौँ । काठमाडौँको टोखाबाट अपहरणमा परेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
टोखाका रामबाबु शाहलाई टोखाबाट एउटा समूहले अपहरण गरी लोकन्थलीस्थित एक घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरणकारीले अपहरित साहका छोरालाई फोन गरेर ‘२५ लाख रुपैयाँ लिएर आउन र बुबालाई फिर्ता लैजान भन्दै’ फोन गरेका थिए । फोन आएपछि साहका छोराले प्रहरीलाई सम्पर्क गरेका थिए ।
तपाईंको प्रतिकृया




