काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रियलमी ५ प्रोको सक्सेसरका रूपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्समा धेरै अपग्रेडहरू ल्याएको छ भने रियलमी ५ आईमा निर्मित रियलमी ६ आई मा अधिक पर्फमेन्स, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको कम्पनीले जनाएको छ ।
रियलमी ६ मा शक्तिशाली मिडियाटेक हेलियो जी ९० टी एसओसी, ६.५ इन्च ९० हर्ज अल्ट्रा स्मुथ डिस्प्ले, ६४ एमपी एआई क्वाड क्यामेरा र ३० वाट्ट फ्ल्यास चार्ज लगायतका विषेशता रहेका छन् ।
त्यस्तै, रियलमी ६ आईमा शक्तिशाली मिडियाटेक हेलियो जी ८० एसओसी, ६.५ इन्च एचडी प्लस मिनी-ड्रप डिस्प्ले, ४८ एमपी एआई क्वाड क्यामेरा, ५ हजार एमएएच ब्याट्री र १८ वाट्ट क्विक चार्जिङ लगायतका विशेषता छन् ।
रियलमी ६ मा ८ जीबी ¥याम र १२८ जीबी स्टोरेजका छ जसको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ कायम गरिएको छ भने रियलमी ६आईमा ४जीबी ¥याम र १ सय २८जीबी स्टोरेज छ यसको मूल्य २५ हजार ९ सय ९० रहेको कम्पनीले जनाएको छ ।




