नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको आयाेजनामा सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर ( ५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले उक्त आयोजनाको सम्झौतामा हस्ताक्षर गरेका  छन्  ।

विश्व बैंकले कोभिड -१९ पछि नेपालमा आर्थिक गतिविधिलाई बढवा दिन सडक सहयोग आयोजना अन्तर्गत उक्त रकम सहयोग गरेको हो । आयोजनाले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नका लागि र रणनैतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि उक्त रकम खर्च गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री