कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ५२ हजार २३ जना

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ५ लाख ५२  हजार २३जना पुगेको छ भने १ करोड २१ लाख ६४ हजार १ सय १९ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ७०  लाख ३०  हजार ६ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख ३४ हजार ८ सय ६२  जनाको, ब्राजिलमा ६८  हजार ५५  जना,बेलायतमा ४४ हजार ५ सय १७ जनाको र इटालीमा ३४ हजार ९ सय १४  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ७ लाख ६९ हजार  ५२  जना पुगेको छ भने मृत्यु हुनेको सख्या २१ हजार १ सय ४४ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ

 

तपाईंको प्रतिकृया

लेखकबाट थप