नबिल बैंक र हुवावे टेक्नलोजीज् बीच रणनैतिक साझेदारी सम्झौता 

काठमाडौ।नेपालको क श्रेणीको अग्रणी बैंक, नबिल बैंकले हुवावे टेक्नलोजीजसँग आज एक कार्याक्रमकाबीच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर  गरे ।

यस उपलक्ष्यमा नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीस“ग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्नुभयो तथा यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित ”Leading Digital Bank” बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हुवावे टेक्नलोजीजले विश्वका सैयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा ”Leading Digital Bank” सहभागी भई सबैलेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने अठोट व्यक्त गरे ।

हुवावेले आफ्ना वीत्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावेकै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकका ग्राहकलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्ने छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री