काठमाडौं । आज बुधबार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप २५५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ७ हजार ७ सय ५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया



