अवरोधकाबीच कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन

कास्की । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका-३ का ६० वर्षीय एक पुरुषको शव पोखरा महानगरपालिका-११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा मृतकको शव व्यवस्थापन गरिएको छ ।

आफूहरुसँग कुनै परामर्श नै नगरी नजिकका अन्य घाटहरु छाडेर संक्रमितको शव व्यवस्थापनका लागि सेती किनारको रिठ्ठाघाटमा ल्याइएको भन्दै कास्कीका वडाध्यक्षहरुले आपति जनाएका थिए ।

तर, सुरक्षाकर्मीले अवरोध हटाउँदै शव व्यवस्थापन गरेको छ । संक्रमितको शव गाडीमा हाल्ने क्रममा आफन्तले समेत अवरोध गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले बल प्रयोग गर्दै उनीहरुलाई अलग राखेको थियो । कास्कीका वडाध्यक्षहरुले खोला किनारमा शव व्यवस्थापन गरिएकाले बाढी आउँदा शव बाहिर निस्किन सक्ने र संक्रमणको जोखिम बढ्न सक्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री