पसल बन्द गराउन खोजेपछि न्युरोडमा तनावः प्रहरी र व्यापारीबीच धकेलाधकेल

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्दै व्यापारीले पसल खोल्ने र प्रहरीले बन्द गराउने क्रम चलिरहेको छ । यसै क्रममा आज न्युरोडमा व्यापारी प्रहरीबीच धकेलाधकेल भएको छ ।

बिहानैदेखि खुलेका पसल बन्द गराउँदै हिँडेपछि प्रहरी र व्यापारीबीच वादविवाद भएको हो । अहिले त्यहाँ ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि धकेलाधकेलको स्थिति आएको थियो । व्यापारीहरुले बौद्धलगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् ।

तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएकाले आफूखुसी खोलेका पसलहरु बन्द गराउन थालेको बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप