काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख २ हजार ६ सय ६३ जना पुगेको छ भने ७० लाख ४ हजार ८ सय १४ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि ३४ लाख २६ हजार १ सय ४७ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।
अमेरिकामा हालसम्म १ लाख १२ हजार ९९ जनाको, बेलायतमा ४० हजार ४ सय ६५ जनाको , ब्राजिलमा ३६ हजार ४४ जना र इटालीमा ३३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ४७ हजार ६ सय७ ८ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ६ हजार ९ सय ५२ जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ४ सय ४८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४६७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।




