कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २ हजार ६ सय ६३ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख २ हजार ६ सय ६३ जना पुगेको छ भने ७० लाख ४  हजार ८ सय १४  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ३४ लाख २६  हजार १  सय ४७  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १२  हजार ९९  जनाको, बेलायतमा ४०  हजार ४ सय ६५ जनाको , ब्राजिलमा ३६ हजार ४४  जना र इटालीमा ३३ हजार ८ सय ४६  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ४७ हजार ६  सय७ ८  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ६ हजार ९ सय ५२  जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार  ४ सय ४८   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४६७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री