- सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।
- बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।
- अमलाको सेवनले रगत बढी बग्ने समस्या, नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने, अलकाईको रक्तश्राव आदि समस्यामा घट्छ ।
- मोतिविन्दु अथवा आँखाको अन्य कुनै पनि रोग भएमा ताजा अमलाको रस एक चम्चा महमा मिसाई दिनहुँ चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।
- जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।
- अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ ।

अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ ।
तपाईंको प्रतिकृया




