नेपाल आएकी रोबोट सोफियाले भनिन्

काठमाडौं । साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी रोबोट सोफियाले प्रविधिको प्रयोग गरेर भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी छन् ।

बुधबार काठमाडौंमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सोफियाले प्रविधिले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताएकी छिन् ।

उनले प्रविधिलाई सही तरिकाले लिन सकेमा नेपाल चाँडै विकासको गतिमा लम्कने विश्वास व्यक्त गरिन् ।

सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्। गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो

तपाईंको प्रतिकृया

लेखकबाट थप