काठमाडौंमा सोमबार मात्रै ३ संक्रमित थपिए

काठमाडौं । काठमाडौंमा आज मात्रै थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टोखा र बुढानिलकण्ठ नगरपालिकामा गरी ३ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा टोखा नगरपालिका ३ र ६ मा २७ र ४१ वर्षीय पुरुष र बुढानिलकण्ठ नगरपालिका ३ मा ३७ वर्षीय पुरुष छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

आज बिहान एकैपटक ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमा ३ जना काठमाडौंका हुन् । नेपालमा संक्रमितको संख्या ६७५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री