थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा ३७, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा २१, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पाँच, भेरी अस्पताल नेपालगञ्जमा पाँच, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान र प्रदेश अस्पताल सुर्खेतमा दुई-दुई जना गरी थप ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयलले जनाएको छ ।

नयाँ संक्रमितहरु रौतहटका २६, बाराका २३, दैलेखका ७, बाँकेमा ४, काठमाडौं, धनुषा र कपिलवस्तुका तीन–तीन जना, सप्तरीका २ र बर्दियाका एक जना रहेका छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट संक्रमितको संख्या ६७५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप