थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ३ पुग्यो

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नयाँ संक्रमितमा मोरङका एकजना ,बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना र काठमाडौंका एकजनामा छन् । यसैगरी नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजना र गुल्मीका एकजनामा संक्रमण देखिएको छ ।

हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस