नेपाल बंगलादेश बैंकले सरकारलाई दियो एक करोड ४५ लाख रुपैयाँ

काठमाडौं । नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त सहयोग गरेको बै‍कले जानकारी दिएकाे छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ तथा देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५/५ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई हस्तान्तरण गरेकाे बै‌ककाे जारी विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य