बारामा थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्‍टि

काठमाडौं । बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसभद्ददा पहिले मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए भने कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री