हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत भेटिए

सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ ।

जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए । प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after