mainnews

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिए ।

पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा पारस खड्काले जानकारी दिनुभयो । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपाल–भारत सीमानाका जोडिएको जिल्लाको जमुनाहलगायत खुला सीमानाकामा लुकिछिपी नेपाल आवतजावत हुन नदिनका सीमा क्षेत्रको निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि जिप्रकाले सीमाक्षेत्रमा आवागमनमा कडाइ गर्न सशस्त्र प्रहरीको निगरानी बढाइएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after