काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९ सय ७२ जना पुगेको छ भने ३१ लाख ३६ हजार ५ सय ८ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि,सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ५९ हजार २ सय ६६ जनाको, इटालीमा २७ हजार ३ सय ५९ जनाको, स्पेनमा २३ हजार ८ सय २२ जनाको र फ्रान्समा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ३१ हजार ३ सय २४ जना कोरोना सङ्क्रमित छन् भने १ हजार ८ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
तपाईंको प्रतिकृया




