कोरोना कहर :मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९ सय ७२ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख १७ हजार  ९ सय ७२ जना पुगेको छ भने ३१ लाख ३६ हजार ५ सय ८  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि,सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ५९ हजार २ सय ६६  जनाको, इटालीमा २७  हजार ३ सय ५९  जनाको, स्पेनमा २३ हजार ८ सय २२ जनाको र फ्रान्समा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म  ३१ हजार ३ सय  २४ जना कोरोना सङ्क्रमित छन् भने १ हजार ८ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री