काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २ सय २३ जना पुगेको छ भने २६ लाख ३५ हजार ७ सय १६ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ७ लाख १७ हजार ४ सय ४४ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ४७ हजार ६ सय ५९ जनाको, इटालीमा २५ हजार ८५ जनाको, स्पेनमा २१ हजार ७ सय १७ जनाको र फ्रान्समा २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २१ हजार ३ सय ७० जना कोरोना सङ्क्रमित छन् भने ६ सय ८१ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ भने कोरोना संक्रमितमध्ये ७ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
प्रतिकृया दिनुहॊस