कोरोना भाइरस :मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २ सय २३ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २ सय  २३ जना पुगेको छ भने २६ लाख ३५ हजार ७ सय  १६  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, ७ लाख १७  हजार ४ सय  ४४ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ४७ हजार  ६ सय  ५९  जनाको, इटालीमा २५ हजार ८५  जनाको, स्पेनमा २१ हजार ७ सय  १७ जनाको र फ्रान्समा २१ हजार ३ सय   ४०  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २१ हजार   ३ सय  ७० जना कोरोना सङ्क्रमित छन् भने ६ सय  ८१ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४५  पुगेको छ भने कोरोना संक्रमितमध्ये ७   जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१४ डी …

प्रतिकृया दिनुहॊस