काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ३ सय ३४ जना पुगेको छ भने २४ लाख ९९ हजार जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ६ लाख ५६ हजार ८ सय ९५ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ४२ हजार ५ सय १८ जनाको, इटालीमा २४ हजार १ सय १४ जनाको, स्पेनमा २१ हजार २ सय ८२ जनाको र फ्रान्समा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १८ हजार ६ सय ५८ जना कोरोना सङ्क्रमित छन् भने ५ सय ९२ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ भने कोरोना संक्रमितमध्ये चार जना उपचार पछि निको भएर घर फर्किएका छन् भने २८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
प्रतिकृया दिनुहॊस