कोरोना भाइरस अपडेट :मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ३ सय ३४ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ७१ हजार  ३ सय  ३४ जना  पुगेको छ  भने २४ लाख ९९ हजार  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, ६ लाख  ५६ हजार ८ सय  ९५ जना   निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  अमेरिका , इटली, स्पेन  र फ्रान्स छ ।

अमेरिकामा हालसम्म ४२ हजार  ५ सय  १८  जनाको, इटालीमा २४ हजार १ सय  १४   जनाको,  स्पेनमा २१ हजार २ सय ८२ जनाको र फ्रान्समा २० हजार २ सय  ६५   जनाको मृत्यु भएको छ ।

त्यसैगरि,  छिमिकी मुलुक भारतमा  हालसम्म १८ हजार ६ सय  ५८  जना  कोरोना सङ्क्रमित  छन् भने ५ सय   ९२  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म   कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ भने कोरोना संक्रमितमध्ये चार जना उपचार पछि  निको भएर घर फर्किएका छन् भने २८ जना अझै विभिन्न  अस्पतालमा उपचाररत छन्  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिजोमात्रै क्यानडाबाट फर्किएका थिए सिनामंगलमा मृत भेटिएका श्रीमान्-श्रीमती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा मृत फेला परेका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश …

प्रतिकृया दिनुहॊस