सीमानाका बन्द भए पनि पेट्राेलियम पदार्थ आयात नरोकिने

काठमाडौं । सरकारले भारत र चीन दुवैतर्फ सीमानाका बन्द गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थ आयात भने नरोकिने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेपनि पेट्राेलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी नेपाल आयल निगमले जनाएको हो ।

निगमका अनुसार सरकारले मानिसहरुकाे  आवागमनमा राेक लगाएकाे हो । तर, अत्यावश्यक सेवाकाे काराेवार बन्द नभएको निगमको दाबी छ । साथै, निगमका आ-आफ्ना क्षेत्रका कार्यलप प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भंसार संग समन्वय गरी पेट्राेलियम पदार्थकाे ढुवानी कार्य सूचारुराख्न हुन समेत जानकारी गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस