दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको छ । विगत दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य नबढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमले पाइपलाइनबाट तेल ल्याएपछि भदौ २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रूपैयाँ घटाएर १ सय ७ र ९५ पुर्याएको थियो । यसअघि प्रतिलिटर डिजेल/मट्टितेल ९७ र पेट्रोल १ सय ९ रूपैयाँमा तोकिएको थियो । ग्यासको मूल्य भने असोज ३ गते  १३ सय ५० तोकेको थियो । यस अघि ग्यास १३ सय ५० रूपैयाँमा बिक्री हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्य अनुरूप निगमलाई १६ नोभेम्बरमा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको नयाँ मूल्य अनुरूप खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर रू. १.६५ बढेर आएको र डिजलमा प्रतिलिटर ०.०८ घटेर आएको छ ।

विगतको तुलनामा कच्चा तेलको मूल्य वृद्धि भएपनि सर्वसाधरणको हितलाई ध्यानमा राखी हाललाई पेट्रोलियम पदार्थको साविककै बिक्री मूल्यलाई यथावत कायम राखिएको निगमले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds